अन्तर विद्यालय सिसिएस प्लस टु कप फुटबलको उपाधी सैनिक महाविद्यालयलाई

धनगढी- कैलालीको धनगढी रंगशालामा जारी अन्तर विद्यालय सिसिएस प्लस टु कप फुटवल प्रतियोगिताको उपाधी तेघरी स्थित सैनिक आवासिय माहाविद्यालयले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा अत्तरियाकै सत्यबती एकेडेमीलाई ५.१ ले पराजित गर्दै सैनिक माहाविद्यालयले सो उपाधि हात पारेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

२९ बिद्यालय सहभागी प्रतियोगिताको बिजेता सैनिक आवाशिय महाबिद्यालयले नगद ३० हजार पुरस्कार सहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ । उप बिजेता सत्यवती एकेडेमीले नगद १५ हजार सहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी गरि थप बिधामा समेत खेलाडी छनौट गरि पुरस्कार प्रदान गरिएको थियो ।

Navadurga sun
Godawari sandesh

पढाइ संगै बिद्यार्थीहरुलाई खेलकुद र मनोरञ्जन संग जोडन र विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्न एवम पछिल्लो समय बिद्यालय स्तरका खेलकुद प्रतियोगिताको आयोजनामा कमि भैरहेको सन्दर्भलाई ध्यानमा राख्दै प्लस टु स्तरको प्रतियोगिता मार्फत बिद्यार्थीहरुलाई खेलकुद संग जोड्न प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक एबम सिसिएस प्लस टु का प्रधानाध्यापक तिर्थराज फुलाराले बताए ।

प्रथम पटकको प्रयालसे केही सिकाई भएको बताउँदै सिसिएस प्लस टु का प्रबन्धक निर्देशक शैलेस सिहंले आगामी दिनमा थप व्यवस्थित गरि प्रतियोगितालाई प्लस टु स्तरको देशकै उत्कृष्ट प्रतियोगिताका रुपमा अघाडी बढाउने उद्देश्य रहेको बताए । अखिल नेपाल फुटबल संघ कैलाली संगको सहकार्यमा भएको प्रतियोगिता १० दिन सम्म संचालन भएको थियो ।

Couple
Loading...