केपी ओलीलाई कारबाही गर्नुपर्छ दुर्गा प्रसाईं

धनगढी-  नागरिक बचाऔँ अभियान सुरु गरेका व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले धनगढीमा आफ्नो महाअभियानलाई साथ दिन अपिल गरेका छन्। बुधबार धनगढीस्थित पार्कमोडमा एक कार्यक्रमको आयोजना गर्दै उनले नेपालीको समस्या समाधान गर्न आफूले अभियान थालेको भन्दै त्यस अभियानलाई साथ दिन आग्रह गरेका हुन्।

यस्तै अभियन्ता प्रसाईले आफूले एमाले छाडेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही हुनुपर्ने दाबी गरेका छन्। आफूले पूर्व राजाबाट अभियान सुरु गर्दा कारबाहीमा पर्नुपर्ने भए राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही हुनुपर्ने उनको माग छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले भने, ‘केपी हजुरबुबाले मलाई पानसमा पूर्व राजाबाट दियो बालेकै कारण कारबाही गर्नुपर्ने, उहाँले त राजावादीसँग गठबन्धन गरेर सरकार चलाइ राख्नुभएको छ। उहाँलाई कारबाही हुनुपर्ने होइन र?’ उनले अगाडि भने, ‘म पनि केपी हजुरबुबालाई तपाईको केन्द्रीय सदस्य तपाईं नै राख्नुस् भनेर पार्टीबाट निस्किएँ।’

यस्तै अर्को सन्दर्भमा बोल्दै उनले चर्को ब्याजदर घटाउन पनि आग्रह गरेका छन्। चर्को ब्याजदरले साना व्यवसायीहरू समस्यामा परेको र सरकारले यो विषयमा गम्भिरतापूर्वक सोच्नुपर्ने बेला आएको उनले बताए। उनले केही समय अगाडि पूर्व राजा ज्ञानेन्द्र र युवराज पारसलाई बोलाएर नागरिक बचाउँ अभियान सुरु गरेका थिए। उक्त कार्यक्रमपछि नेकपा एमालेले उनलाई कारबाहीको लागि सिफारिस गरेको थियो। तर त्यसअघि नै उनले राजीनामा दिएका थिए।

प्रसाईंले अब युवाहरूलाई आफूले थालेको २० गतेदेखी सुरु हुने आन्दोलनमा पनि सरिक हुन आग्रह गरेका छन्। दलीय राजनीतिले समाजलाई विभाजन गरेको भन्दै त्यसविरुद्ध एक भएर उभिन प्रसाईंले आग्रह गरे। उनले भने, ‘अब तपाईंहरू डोरी र लिएर पेट्रोल लिएर तयार हुनुहोस् सामन्तीसँग लड्न।’

Loading...