सुदूरपश्चिम सरकार : १० महिनामा ३३ प्रतिशत बजेट खर्च

अत्तरिया, १६ जेठ– चालु आर्थिक वर्ष सकिनै लाग्दा पनि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगतिको अवस्था निराशाजनक छ। प्रदेश सरकारले विकास निर्माणका आयोजनालाई गति दिन सकेको छैन। संघीय सरकारले दिएको अनुदान समेत गरेर चालु र पुँजीगततर्फ ३४ अर्ब २० करोड ९७ लाख स्वीकृत बजेट रहेकोमा प्रदेश सरकारले चालु आर्थिक वर्ष सकिन लगभग दुई महिना मात्र बाँकी रहेका बेला न्यून बजेट खर्च गरेको छ।

Ganyapdhura gau
Dadeldhura hospital

प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार चालु वर्षको साउनदेखि वैशाख मसान्तसम्म सरकारले ११ अर्ब ४१ करोड बजेट मात्रै खर्च गर्न सकेको छ। जुन कुल विनियोजित बजेटको ३३ दशमलव ३८ प्रतिशत मात्र हो। चालु खर्चको तुलनामा अझ विकास बजेट २ प्रतिशतले कम छ।

Navadurga sun
Godawari sandesh

चालुतर्फ १६ अर्ब ३२ करोड १९ लाख बजेट रहेकोमा ५ अर्ब ५८ करोड ६५ लाख खर्च गरेर ३४ दशमलव २३ प्रतिशत प्रगति भएको छ।

पुँजीगततर्फ १७ अर्ब ८८ करोड ७७ लाख बजेट विनियोजन गरिएकोमा ५ अर्ब ८३ करोड ३१ लख खर्च गर्दै ३२ दशमलव ६१ प्रतिशत प्रगति गरेको छ।

Couple
Loading...