धनगढीमा विभिन्न कार्यक्रम गरि ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

प्रदेश समृद्धिकालागि राजनीतिक स्थिरता आवश्यक : मुख्यमन्त्री कमल बहादुर शाह

धनगढी– कैलालीको धनगढीमा प्रभातफेरी कार्यक्रम गरी ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । जहाँनीया राणा शासनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आइतबार प्रजातन्त्र दिवस मनाएको छ ।

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिम प्रदेश मुल समारोह समितिको आयोजनामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा विभिन्न कार्यक्रम गरि दिवस मनाईएको हो ।

Dadeldhura hospital

उक्त कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश समृद्धिकालागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् ।

राजनीतिक स्थिरताले मात्र प्रदेशको आर्थिक समृद्धि सम्भव रहेको मुख्यमन्त्री शाहले बताएका हुन् । सरकार परिवर्तनले प्रदेश तथा देशमा सामाजिक न्याय, समानता, सामाजिक सद्भाव, आर्थिक समृद्धिलगायत सुशासन नहुने भएकाले राजनीतिक स्थिरता आवश्यक रहेको उनले बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित विशेष समारोहलाई मुख्यमन्त्री शाहले सम्बोधन गरेका थिए ।

दिवसको अवसरमा धनगढी ट्राफिक चौकदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म प्रभातफेरी गरिएको छ । प्रभातफेरीमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेशबहादुर शाह, सभामुख भीम बहादुर भण्डारी, निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल, प्रदेश सभा सदस्य, प्रदेश प्रमुख सचिव, प्रदेशका विभिन्न मन्त्रालयका सचिव, निजामति कर्मचारी, सुरक्षा निकाय प्रमुख, संघ-संस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Loading...