मनाङ्क फाउण्डेशन नेपाललाई निःशुल्क महाप्रस्थान यान हस्तान्तरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको चौकिडाँडा महिला सामुदायीक बन उपभोक्ता समूहले मानाङ्क फाउन्डेसन नेपाल अत्तरियालाई निःशुल्क महाप्रस्थान यान हस्तान्तरण गरेको छ ।

आईतबार वनले शुभारम्भ तथा हस्तान्तरण कार्यक्रमको आयोजना गरि उक्त निःशुल्क महप्रस्थान यान चौकीडाँडा महिला सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष प्रेम राज भण्डारीले मानाङ्क फाउन्डेसन नेपालका अध्यक्ष निरज कार्कीलाई हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण गरिएको महाप्रस्थान यानमा सामुदायीक वन को २७ लाख ५ हजार बराबरको अर्थिक सहयोग रहेको छ ।

Navadurga sun

चौकीडाँडा महिला सामुदायीक वनका अध्यक्ष प्रेम राज भण्डारीको सभापतीत्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश बहादुर बम रहनु भएको थियो । त्यस्तै विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष तेज राज अवस्थी रहनु भएको थियो । उक्त यानको प्रमुख अतिथि प्रदेश सभा सदस्य प्रकाश बहादुर बमले रिबन काटेर उद्घाटन गरेका थिए ।

सामाजिक सेवामा समर्पित मानाङ्क फाउण्डेसन नेपालले गोदावरी नगरपालिक तथा पायक पर्ने अन्य ठाउँमा मानव जिबनको अन्तिम यात्रा शब यात्रामा सहजीकरण गर्न निःशुल्क सेवा सहित महाप्रस्थान यान सेवा सन्चालनमा ल्याइएको फाउण्डेसनले जनाएको छ । हस्तान्तरण गरिएको उक्त यानको वार्षिक सञ्चालन ८ लाख ५० हजार रकम अनुमानित खर्च लाग्ने फाउन्डेनले जनाएको छ ।

कार्यक्रम संचालन मानाङ्क बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक प्रकाश जोशीले गरेको कार्यक्रमा विभिन्न संघ संस्थाका प्रतिनिधि, पदाधिकारीहरु, बुद्धिजिवि, समाजसेबी व्यक्तिहरू लगायतको उपस्थिति रहेको थियो ।

 

ADD Khali jpg
Loading...