


धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले समाजमा हुने विकृतिहरुको अन्त्यका लागी सबै ठाउँमा ज्ञानको ज्योती फैलाउन आवश्यक रहेको बताएका छन् । शनिबार शिवरात्रीको अवसर पारेर अत्तरियामा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले आयोजना गरेको शिवध्वजारोहण एवम् स्नेह मिलन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले उक्त कुरा बताएका हुन् ।


समाजमा रहेका कुलत एवम् विकृतिहरुको अन्त्यका लागी सबै भन्दा महत्वपुर्ण कुरा ज्ञान दिनु नै रहेको बताउदै उनले त्यो काम ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले दिदै आएको बताए ।



‘ज्ञानको ज्योती सबै ठाउँ पु¥याउनलाई जसरी तपाईहरु लागीराख्नुभएको छ त्यसको लागी म तपाईहरुलाई धन्यवाद दिन चाहन्छु’ उनले भने ‘त्यो ज्योती या भनौ त्यो चेतना सबै ठाउँमा पु¥याउन सके अवश्य पनि समाज रुपान्तरण हुन्छ र असल समाजको निर्माण हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’ उनले समाजमा देखिएका विकृति विसंगतीहरुको अन्त्यका लागी सबैले हातेमालो गरी एकजुट भएर अग्रसर बन्न जरुरी रहेको बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी प्रदेश सभा सदस्य तुलसी देवकोटा, गिता चौधरी, लम्की चुहा नगरपालिकाकी नगरप्रमुख शुसिला शाही लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयकी अत्तरियाकी सञ्चालिका ब्रह्मकुमारी रबिनाले आपसी स्नेह र प्रेम साटासाट गर्ने अवसरका रुपमा कार्यक्रम आयोजना गरिएको बताईन । कार्यक्रममा भगवान शिवको ८७औ जन्मजयन्तीको अवसरमा केक काटिएको थियो भने शिवध्वजारोहण पनि गरिएको थियो ।





