कैलाली अस्पतालबाट कोरोना संक्रमित सबै निको भई घर गए

धनगढी, १६ जेठ- कैलाली अस्पतालका कोरोना संक्रमित सबै निको भई घर गएका छन् । अस्पतालमा कोभिड वार्ड सञ्चालन गरेपछि अन्य बिरामीको चाप पनि घटेको भएपनि कोरोनाका विरामीहरु अहिले निको भएर सबै जना घर फर्किएको कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले बताए ।

अस्पतालमा बैशाख १६ गतेदेखि जेठ १५ गतेको एक महिनाको अवधिमा ७२ जना संक्रमित मात्रै भर्ना भएको अस्पतालले जनाएको छ । अहिले कोरोना संक्रमित बिरामी सबै निको भएर फर्किएको जोशीले बताए । ‘६७ जना बिरामी निको भएर घर फर्केका छन ।’ उनले भने- ‘चार जना अन्यत्र रिफर गरिएको छ भने एक जना संक्रमितको मुत्यु भएको छ ।’

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

‘मृत्युु हुने एक जना अन्तिम अवस्थामा राती महेन्द्रनगरबाट आएका थिए । उनको अक्सिजन लेभल ४० मात्रै थियो । अन्तिम अवस्था आएका बिरामीलाई अस्पतालको चिकित्सकीय टीमले प्रयास गर्दा गर्दै पनि बचाउन सकेनौं । यो हाम्रो लागि साहृै दुःखदायी कुरा हो ।’ अध्यक्ष जोशीले भने- गम्भीर अवस्थाका धेरै बिरामीहरु सन्चो भई डिस्चार्ज हुँदा साहृै खुशी र हर्षित पनि भएका छौं ।’

अहिले कैलाली अस्पतालका सबै सेवाहरु सुरु भएका छन् । कोरोना बाहेकका अन्य स्वास्थ्य समस्या भएका विरामीहरुले ढुक्कका साथ उपचार गराउन सकिने अस्पतालले जनाएको छ । बढ्दो संक्रमणको दर र संक्रमितको संख्यालाई कोभिड केन्द्रित तथा सरकारी अस्पतालले थेग्न नसकेपछि निजि अस्पताल र सरकारसँगको समन्वयमा निजी अस्पतालमा पनि कोभिड संक्रमितको उपचार थालिएको थियो । त्यसमा कैलाली अस्पतालले पनि कोरोनाका विरामीहरुको उपचार गरेको हो ।

नागरिकको ज्यान बचाउने अभियानमा सरकारलाई सहयोग गर्न पाएकोमा खुसी लागेको अध्यक्ष जोशीले बताए । बिरामीको निकै चाप हुने अस्पतालहरुमा पछिल्लो समय संक्रमणको दर घटेसँगै अवस्था पनि सामान्य बन्दै गएको छ ।

Loading...