देशलाई अस्थिरताबाट जोगाउन मिलेर काम गरौं : बलायर

धनगढी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले देश अस्थिरतातर्फ गइरहेको बताएका छन्।

बलायरले गौरीगङ्गा-२ चौमालामा अवस्थित मालिका माध्यमिक विद्यालयको ६०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुलुक अस्थिरतातर्फ गइरहेकाले विकास निर्माणका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने धारणा राखेका हुन्।

Navadurga sun

‘देश अस्थिरतातर्फ गइरहेको छ। अब एक अर्कालाई गालीभन्दा काम गरेर देखाउनुपर्ने अवस्था छ। सबै आआफ्नो ठाउँबाट गम्भीर बनौं,’ उनले भने। बलायरले आफूले विधालयको समस्या बुझेको र सरकारमा नभए पनि समाधानतर्फ लाग्ने प्रतिवद्धता जनाएका छन्।

 

ADD Khali jpg
Loading...