कैलालीको अत्तरियामा वक्तृत्वकला प्रतियोगिता आयोजना

अत्तरिया- कैलालीको अत्तरियामा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । २८ औं जनयुद्ध दिवसको सन्दर्भमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ईकाइ कमिटी दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले प्रतियोगिता आयोजना गरेको हो ।

Navadurga sun
Godawari sandesh

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ईकाइ कमिटी अध्यक्ष गोलाप साउँदको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगिताका प्रमुख अतिथि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश संयोजक पुष्कर जोशी रहेका थिए ।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको प्रतियोगितामा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो ।

Dadeldhura hospital

नेपालको अग्रगामी परिवर्तनमा विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला बिए दोस्रो सेमिस्टरमा अध्ययनरत कमला सापकोटा प्रथम स्थान हासिल गर्न सफल भइन् ।

प्रतियोगितामा बिबिएस पहिलो सेमेस्टर अध्ययनरत सोनिया साउदले दोस्रो स्थान हासिल गरिन भने बिबिएस पहिलो सेमेस्टरमै अध्ययनरत दिनेश प्रसाद बडु तेस्रो स्थान हासिल गर्न सफल भएका छन ।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी कमला सापकोटाले १ हजार ५ सय ५, दोस्रो स्थान हासिल गरेकी सोनिया साउँदले १ हजार ५ र तृतिय भएका दिनेश प्रसाद बडुले ५ सय ५ पुरस्कार पाएका छन ।

त्यस्तै प्रतियोगितामा क्याम्पस प्रमुख डा. डम्बर पाल, सहायक क्याम्पस प्रमुख हरिकृष्ण कडायत लगायतको सहभागिता रहेको थियो । प्रतियोगिताको संचालन विद्यार्थी टिका आचार्यले गरेकी थिइन् ।

Loading...