चौरासी प्रतिशत घरधुरीमा खानेपानी

बैतडी- बैतडीका ८४ प्रतिशत घरधुरी खानेपानीको पहुँचमा पुगेका छन्। खानेपानीको पहुँच पुग्न बाँकी १६ प्रतिशत घरधुरीमा खानेपानी पु-याउन  १४४ वटा खानेपानीका क्रमागत योजना चालू अवस्थामा छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीका अनुसार बैतडीका १० स्थानीय तह र ८४ वडामा करिब ४५ हजार घरधुरी छन्। पहुँचबाट टाढा रहेका घरमा खानेपानी पु(याउन आठवटा लिफ्टिङ प्रविधिका गरी १४४ वटा खानेपानी योजना निर्माणाधीन अवस्थामा छन्।

Ganyapdhura gau

उनका अनुसार अग्लो डाँडा रहेका बस्तीमा खानेपानी पु-याउन  खोलाबाट पानी तान्न आठवटा लिफ्टिङ प्रविधिका योजना बनिरहेका छन्। बाँकी रहेका बस्तीमा छिट्टै खानेपानी पु-याउन लक्ष्य राखिएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

बैतडीको मेलौली नगरपालिका, सिगास गाउँपालिकाको मैनलामा लिफ्टिङ प्रविधिबाट यसै वर्ष सबै घरधुरीमा पानीको धारा पु-याउन लक्ष्यसाथ काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जानकारी दिएको छ। सिगास गाउँपालिका–३, मैनोलामा एक हजार मिटर लामो लिफ्ट प्रविधिबाट पानी पुगेपछि धारा निर्माण भइरहेको उपभोक्ता सुन्दरसिंह धामीले बताए ।

मेलौली नगरपालिकाको काँडा, लामालेक र मेलौली बजारका लागि सुर्नया नदीबाट लिफ्ट गरेर पानी तान्ने काम अन्तिम चरणमा पुगेको छ। मेलौलीमा खानेपानी नहुँदा घोडा र खच्चरमा पानी बोकेर खानुपर्ने अवस्था छिटै अन्त्य हुन लागेकोमा खुसी लागेको स्थानीय उपभोक्ता विजयसिंह नायकले बताए । उनले लिफ्ट प्रविधिबाट पानी तान्ने र वितरण गर्ने ट्याङ्की बनिसकेकाले धारा निर्माण भइरहेको बताए ।

जलवायु परिवर्तन, जथाभाबी सडक निर्माण र पानीका मुहानमा दुईवटा स्थानीय तहबीच विवादका कारण शतप्रतिशत घरमा खानेपानी पु(याउन असहज भइरहेको डिभिजन खानेपानी कार्यालय बैतडीले जानकारी दिएको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाबीच खानेपानीको मुहान विवादका कारण सुर्नया गाउँपालिकाको धर्मघर र गोयली गाउँमा खानेपानी पु-याउन नसकिएको डिभिजन खानेपानी कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताए । यहाँ प्रत्येक वर्ष खानेपानीका लागि लाखौँ रुपियाँको बजेट आउने गरे पनि मुहान विवादका कारण बजेट फ्रिज हुने गरेको छ। गोरखापत्रबाट 

Couple
Loading...