थ्रिडिभिएल क्रियशनले महामारीमा डोटीका २९ परिवारलाई राहत बितरण





अत्तरिया, १५ जेठ- डोटीको आदर्श गाउपालिकामा थ्रिडिभिएल क्रियशनले खाद्यान्न बितरण गरेको छ । उक्त गाउँपालिकाको वडा नं.२ का दुग्राला, कारिया र मैवाका विपन्न २९ घरपरिवारलाई थ्रिडिभिएलले खाद्यान्न बितरण गरेको हो।





मजदुरी गरेर दैनिक छाक टार्ने अति बिपन्न घरपरिवारहरुलाई लकडाउनले गर्दा दैनिक छाकटार्न समस्या भएपछि प्रति परिवार १-१ कट्टा चामल वितरण गरेको राहत कार्यक्रम डोटीका संयोजक खेमराज ओझाले बताए ।


थ्रिडिभिएलका जिल्ला संयोजक आकाश खड्का, सदस्यहरु देव खड्का, विकास खड्का भरत खड्का, समाजसेबि बिजय राज ओझा, ललिता थापा, बोद नारायण ओझा, प्रेम ओझा लगायतका अन्य प्रतिनिधिहरुको संयुक्त पहलमा सुरु भएको उक्त अभियान आदर्श गाउँपालिकाका ७ वटै वडामा सञ्चालन गरिने राहत कार्यक्रमका संयोजक ओझाले बताए ।

उक्त अभियानमा सामाजिक व्यक्तित्व जयराज ओझा, पुस्पराज ओझा, टेकराज जोशी, डिआर ओझा र बिजय राज ओझा, कुल प्रसद ओझा, लक्ष्मण खड्का लगायतले आर्थिक सहयोग गरेको थ्रिडिभिएल क्रियशनले जनाएको छ । राहत अभियानमा संस्थाका महासचिव एल आर ओझा र सदस्य कृष्ण राज ओझाको पनि सहभागिता रहेको थियो ।
लामो समय देखिको लडाउनले गर्दा शहरि क्षेत्र भन्दा गाउँ-गाउँमा जिवन बिताउनेहरुका लागि जिवन सारै कष्टकर भएको महसुस गरि अभियान गाउँगाउँमा तिब्र रुपमा आगाडि बढाइएको महासचिव ओझाले बताए ।

कैलालीको अत्तरियामा केन्द्रिय कार्यालय रहेको थ्रिडिभिएल क्रियशनले पछिल्लो समय सुदुर पश्चिमका प्रदेशका ९ वटै जिल्लामा शाखा विस्तारको काम भईरहेको थ्रिडिभिएल क्रियशनका केन्द्रिय अध्यक्ष दिपक ओझाले बताए ।



