प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम आउँदै

धनगढी- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सुदूरपश्चिम आउने भएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन हुने महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम आउन लागेका हुन्।

Dadeldhura hospital

प्रधानमन्त्री प्रचण्डले सोमवारदेखि महेन्द्रनगरमा सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ।

Navadurga sun
Godawari sandesh

उनी सोमवार बिहान धनगढी पुग्ने छन्। कैलालीको गेटामा निर्माणको चरणमा रहेको प्रस्तावित मेडिकल कलेजको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ। उनी सोमवार दिउँसो १२ बजे तिर मात्र कञ्चनपुर पुग्ने छन्।

१२ देखि साढे ३ बजेसम्म प्रधानमन्त्री प्रचण्ड कञ्चनपुरमा रहने छन्। सोमवार नै प्रधानमन्त्री प्रचण्डले कञ्चनपुरको सुख्खा बन्दरगाहको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ।

Loading...