अत्तरिया- कैलाली जिल्ला भरिका सम्पूर्ण खानेपानी समितहरुको छाता (साझा) संगठन खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ (फेडवासन)को दोस्रो जिल्ला अधिवेशन दरख खानेपानी उपभोक्ता समितिको सभाहलमा सम्पन्न भएको छ ।






उक्त कार्यक्रममा निर्वतमान जिल्ला अध्यक्ष नेत्र खनालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावत रहेका थिए भने फेडवासन केन्द्रीय सचिवालय सदस्य चुन कुमारी चौधरी र फेडवासन केन्द्रीय सदस्य कृष्णराज सुवेदी बिशिष्ठ अतिथि रहनु भएको थियो ।





अधिवेशले विष्णु प्रसाद खनालको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएका छन् ।




