काठमाडौंको रातो पुलमा एक जनाको हत्या, एक पक्राउ

काठमाडौँ- काठमाडौंको रातो पुलमा एक जनाको हत्या भएको छ। पर्सा घर भई हाल कपन बस्ने अन्दाजी ५५ वर्षीय ध्रुव खड्काको हत्या भएको हो। सोमबार राति हत्या गरिएका खड्काको शव मंगलबार बिहान फेला परेको थियो। हत्या अभियोगमा काठमाडौं प्रहरी परिसरको टोलीले एक जनालाई पक्राउ गरेको छ।

Dadeldhura hospital

पक्राउ पर्नेमा चितवन घर भई कपन बस्ने रामबहादुर थापा रहेका छन्। रामबहादुरले बत्तिसपुतलीबाट कपन लगिदिन्छु भन्दै खड्कालाई ट्याक्सीमा चढाएका थिए। तर त्यहाँ पुर्याएपछि ट्याक्सीबाट ओरालेर भित्तामा ठोक्काइ दिएर हत्या गरेको परिसर प्रहरीले जानकारी दिएको छ।

Navadurga sun
Godawari sandesh

पछि उनले लात्ताले छात्तीमा हानेको पनि सीसीक्यामेरामा देखिएको छ। हत्या गरेर फर्किएका उनी राति फेरि मृत्यु भए नभएको एकिन गर्न घटनास्थल पुगेका थिए। रामबहादुर लागुऔषध कारोबारी हुन्। उनी यसअघि पनि लागुऔषधको मुद्दामा सजाय भोगेर छुटेका थिए। थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

Loading...