एलपीएलको सातौँ संस्करण सुरु, उद्घाटन खेलमा सत्यवती एकेडेमी विजयी

धनगढी– कैलालीको धनगढीमा विद्यालय स्तरीय यु-१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सातौँ संस्करण सुरु भएको छ । शनिवार प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता सत्यवती एकेडेमी विजयी भएको छ । लोटस आइ इङ्लिस सेकेन्डरी स्कुल अत्तरियालाई २८ रनले पराजित गर्दै सत्यवतीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

Ganyapdhura gau

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निणर्य गरेको सत्यवतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । १ सय २७ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको लोटस आइले १७.३ ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्रै बनाउन सक्यो । लोटस आइलाई आयुब चन्दले २३, प्रेम शाहले २२ र सुरेश रावलले १० रनको योगदान दिए । कसिलो बलिङ गरेका सत्यवतीका जीत साउदले ४ ओभरमा १७ रन खर्चिए महत्त्वपूणर् ४ विकेट लिए । अभिषेक कोइराला र प्रतिक श्रेष्ठले समान २/२ विकेट लिए ।

Navadurga sun
Godawari sandesh

पहिलो पारीमा सत्यवतीका लागि गौतम केसीले अविजित ४८ र प्रतिक श्रेष्ठले २५ रन बनाए । बलिङ तथा ब्याटिङ दुवै तर्फ खराब प्रदर्शन गर्दा लोटस आई पहिलो खेलमै पराजित हुनुपरेको हो ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आइतबार उत्रिएको गुराँस एकेडेमी र धनगढीको वेष्टन क्रिष्टल एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा लिटल फ्लावर र कञ्चनपुरको होली फेमली इङ्लिस मिडियम स्कुल भिड्ने छन् ।

त्यस अघि सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले प्रतियोगिताको एक समारोहका बिच उद्घाटन गरेका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर तीनका अध्यक्ष राजबहादुर ऐरले ब्याटिङ तथा प्रदेश प्रमुख जोशीले बलिङ गरेका प्रतियोगिताको उद्घाटन गरेका थिए । सो क्रममा जोशीले खेलाडी तथा खेल क्षेत्रको विकासका लागि आधार तहबाटै खेलकुदलाई प्राथमिकतामा राखिनुपर्ने बताए । एलपीएल जस्ता प्रतियोगितालाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट हुने सहयोगमा प्रतिबद्ध रहेका प्रदेश प्रमुख जोशीले बताए ।

Dadeldhura hospital

उद्घाटन सत्रमा नेपाल क्रिकेट सङ्घ क्यानका सुदूरपश्चिम अध्यक्ष हरि रेग्मीले फाप्ला क्रिकेट मैदान निर्माण र लिटल फ्लावर प्रिमियर लिग जस्ता प्रतियोगितालाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले क्रिकेटको जग बलियो बनाउने यस्ता प्रतियोगिता प्रति सरकारको उदासीनता रहेको दुखेसो व्यक्त गरे ।
एलपीएलको यो संस्करण लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ ।

प्रतियोगिता धनगढी उपमहानगरपालिका धनगढी संरक्षक, लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी प्रायोजक, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल (नेपाली जुटौँ, बाल विवाह रोकौँ) अवेरनेस पार्टनर, आइएमइ पे प्लेयर अफ द म्याच प्रायोजक रहेको छ । त्यस्तै डिजिटल लर्निंग पार्टनरमा निमा एकेडेमी, हायर एजुकेसन पार्टनर टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाडौँ, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, सह प्रायोजक हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौँ, रनर अप प्रायोजकमा गुरुकुल एकेडेमी उत्तरबेहडी धनगढी रहेको छ ।

त्यस्तै अफिसियल गेट प्रायोजकमा धनगढी वाल पेपर सप्लायर्स एण्ड होम डेकोर, पब्लीकेशन पार्टनर ओशन पब्लीकेशन प्रालि, हस्पिटालीटि पार्टनर इमेज होटेल प्रा.ली धनगढी, सर्टिङ एण्ड सुटिङ पार्टनर गुरुजी सर्टिङ एण्ड सुटिङ धनगढी, प्लेयर अफ दी टुर्नामेण्ट प्रायोजक मालिकार्जुन हार्डवेयर प्रा.लि. अत्तरिया रहेको छ ।

त्यस्तै सहप्रायोजकहरुमा निष्ट फाउन्डेसन काठमाडौँ, के. आई. सिंह गाउँपालिका डोटी, हस्पिटल पार्टनर निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, स्किन केयर पार्टनर धनगढी स्किन केयर एण्ड एस्थेस्टिक सेन्टर धनगढी, सहप्रायोजकहरुमा चैतन्य पाठशाला धनगढी, जय मंगलम् सिमेन्ट प्राली युवा समाजसेवी विनोद शाही हाल अमेरिका, दाहाल पुस्तक पसल धनगढी, होटेल जियान हस्पिटालिटी धनगढी, उच्चाकोटी आर.एम.सी धनगढी, डिस्कभरि बोर्डिङ स्कुल धनगढी,सानभी बुक्स एण्ड स्टेशनरी धनगढी रहेका छन् ।

वेस्ट बलर प्रायोजक वरिष्ठ युवा समाजसेवी जयन्ती थापा हाल अमेरिका एजुकेसन कन्सल्टेन्सी पार्टनर एस. आ. जी.नेपाल काठमाडौँ, वेस्ट ब्याट्सम्यान प्रायोजक विद्या भूषण पब्लिक स्कुल मोहनपुर कैलाली ,सह प्रायोजक नवजीवन हस्पिटल धनगढी, समाज सेवी अर्जुनराज जोशी (हाल कोरिया), कामिक्षा देवी डेरी धनगढी र विशेष अटो मोटिभ्स (हिरो) धनगढी कैलाली रहेका छन् ।

Couple
Loading...