वार्षिक बजेट भोलि आउने

Dadeldhura hospital

काठमाडौँ– सरकारले आगामी आर्थिक बर्ष २०७८।७९ का लागि वार्षिक बजेट भोलि अपराह्न सार्वजनिक गर्ने भएको छ। संसद् विघटन भएको अवस्थामा सरकारले अध्यादेश मार्फत भोलि अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी बजेट सार्वजनिक गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयले बजेट सम्बन्धी सम्पूर्ण तयारी पूरा गरेको र त्यस क्रममा शुक्रवार आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदन समेत सार्वजनिक गरिसकेको जनाएको छ ।

Loading...