सुदूरपश्चिम प्रदेशको राजधानीका लागि गोदावरीको भोकाधिकारसमेत नदिएको भन्दै सांसद बलायरले गरे सरकारको आलोचना

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको भोकाधिकारसमेत नदिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

Ganyapdhura gau

बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्रीसमेत रहेका सांसद बलायरले जंगलमा तय गरिएको सो प्रदेशको राजधानी गोदावरीको पूर्वाधार निर्माणका लागि डीपीआरसमेत किन तयार नगरेको भनि संघीय सरकारलाई प्रश्न गरे।

Navadurga sun
Godawari sandesh

उनले संघीय सरकारले विगत ५ वर्षमा सुदूरपश्चिम प्रदेशमा एउटा केन्द्रीय योजना पनि नपारेको उल्लेख गर्दै आपत्ति जनाए। ‘सुदूरपश्चिम प्रदेशको राजधानीमा गोदावरीमा अहिलेसम्म पूर्वाधारको व्यवस्था हुन सकेको छैन।

Dadeldhura hospital

अहिलेसम्म राज्यले भोकाधिकार दिएको छैन। आज एउटा प्रदेशको राजधानी बनाउन नसकिने अवस्था छ। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु– किन भोकाधिकार रोकियो केन्द्रीय सरकारबाट सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा।

किन अहिलेसम्म सिमांकन हुन सकेन? किन डीपीर हुन सकेन?’, सांसद बलायरले भने, ‘प्रदेश सरकारको सामथ्र्यबाट राजधानी बन्न सक्ने अवस्था छैन।

केन्द्रीय सरकार र प्रदेश सरकारले राजधानी निर्माण गर्ने कुरामा सोच पुर्याएन भने हामी संघीय लोकतान्त्रिक गणतन्त्रको कुन चरणमा छौं? कहाँ छौं? हाम्रो उद्देश्य के छ? आज ५ वर्षको समयसम्म राष्ट्रिय गौरवको आयोजना सुदूरपश्चिमले पाउने कुरा त परै जाओस्।

कुनै एउटा केन्द्रीय योजना पनि पाउन सकेन ५ वर्षमा। अर्बाैको गेटा कलेज सञ्चालन गरिएको छैन।’ सांसद बलाएरले अरबौं लगानी गरेर बनाइएको गेटा मेडिकल कजेज सञ्चालन गर्न ढिलाई नगर्न पनि सरकारलाई दबाब दिए।

 

Couple
Loading...