मुख्य पुजारी दलित, पालिकामा सार्वजनिक बिदा

बैतडी- बैतडीको प्रसिद्ध वनारसी मेलाको दिन पाटन नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। बैतडीको पाटन नगरपालिका–३, सुर्नया नदी किनारस्थित प्रसिद्ध वनारसी मन्दिरमा हरेक वर्ष माघ शुक्ल दशमीका दिन ठूलो मेला लाग्छ। सो मन्दिरमा दलित समुदायका व्यक्ति मुख्य पुजारी छन्। मन्दिरका मुख्य पुजारी झुले लोहारका अनुसार मेलामा नेपाल र भारतका दर्शनार्थी आउँछन्।

Ganyapdhura gau

बैतडीको पाटनका बयानी लोहार जातिका मुख्य पुजारी र धामी रहेको वनारसी देवताको मेलामा पन्त र भट्ट जातिको सबैभन्दा पहिले धूप पोखल (चामल, घिउ, ध्वजा) चढ्ने गर्दछ। त्यसपछि अन्य सबै जाति र समुदायले धूप पोखल चढाउने परम्परा रहेको छ। यस वर्षको देउरो कुणी, खिपाली बस्तीबाट आउने भएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

वनारसी मेलालाई सामुदायिक सद्भावको पर्वका रूपमा मनाउने परम्परा रहेको पाटन नगरपालिकाका कार्यपालिका सदस्य खेम लोहारले बताए । उनका अनुसार जनरसौँ पुर्चौडी, पन्ध्र पाला डोटी, पाँच सय बैतडी, नौलाख निङ्गलाशैनी, छपन्नकोटी रौला छबिसीगड, बाह्रबिसी बराइल, तेह्र हजार घटाल, नौख्वा अछाम, खप्रान्ती कुमाउ, नौढुक्रा स्वर, २२ पाँठ लेकम, तलकी अञ्चल, पुरकी लेकबाट समेत सिकभोक (भेटी) आउने गर्दछ।

वनारसी मेलाका दिन बिनडा मन्दिरका पन्त जातिका मुख्य पुजारी पनि आउने चलन रहेको छ। वनारसी र बिनडा देवता दाजुभाइ रहेको किंवदन्ती छ। मेला सुरु हुनुअघि लोहार जातिका धामीरपुजारी र बिनडाका पन्त जातिका धामीरपुजारी सँगै अँगालो हालेर सुर्नया नदीको तलाउमा नुहाएर मन्दिर प्रवेश गरेर काम्ने चलन रहेको पुजारी गणेश पन्तले बताए ।

उनका अनुसार यस मेलालाई सुरगङ्गा तथा बाइसताल सहस्रलिङ्ग विशेष स्नान मेलाका रूपमा पनि लिइन्छ। चार सय वर्षअघिदेखि तत्कालीन बैतडीका राजा मानुक चन्दको पालामा दलितलाई प्रधानता दिएर पूजा गरेको चलन अहिलेसम्म चलिआएको छ। वनारसी मेलामा कुनै प्रकारको जातीय भेदभाव हुँदैन। सबै जातजातिका भक्तजनले संयुक्त रूपमा पूजाआजा गर्ने परम्परा रहेको उनले बताए ।

किंवदन्तीअनुसार देवता र दानवबीच लडाइँ हुँदा वनारसी देवताले खपरे दैत्यको वध गरेका थिए। देवताका तर्फबाट वनारसीले दैत्यलाई पराजित गरेको बताइन्छ। वनारसी धामलाई विश्वनाथ ज्योतिर्लिङ्गका रूपमा समेत पुज्ने गरिएको छ। बैतडीको प्रसिद्ध वनारसी मेलाका लागि पाटन नगरपालिकाले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले जानकारी दिए ।

Couple
Loading...