राष्ट्रिय स्वतन्त्र पार्टीको आजदेखि गर्ने भनिएको प्रदेश समितिको विस्तारित बैठक स्थगित

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि गर्ने भनिएको प्रदेश समितिहरूको विस्तारित बैठक र संगठन विस्तारका सबै कार्यक्रम स्थगित भएको जनाएको छ।

महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले उक्त कार्यक्रमहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै बताएका हुन्।

Navadurga sun

सर्वोच्च अदालतले पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेको संसद पद बदर गरेसँगै पार्टीले उक्त निर्णय गरेको हो।

ADD Khali jpg
Loading...