बैतडीमा महिला टि-२० क्रिकेट: वर्षाले अबरुद्ध खेल आजदेखि शुरू

बैतडी- सहिद दिवसको पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालित नगरस्तरीय महिला टि-२० क्रिकेट प्रतियोगितामा वर्षाका कारण दुई दिनदेखि अबरुद्ध भएका खेलहरू आजदेखि शुरू हुदैछन् । मंगलबारदेखि परेको वर्षाले मंगलबार र बुधबारका चारवटा खेलहरू अवरुद्ध भएका थिए । वर्षा रोकिएपछि अबरूद्ध खेलहरू आजदेखि सुचारू भएका प्रतियोगिता संयोजक वीरसिंह बोहराले जानकारी दिए ।

आज हुने दुई खेलमा दनपा २ देहिमाडौं र दनपा ५ दशरथचन्द तथा दनपा १० बाराकोट र दनपा ११ नागार्जुन भिड्नेछन्। दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगरखेलकुद विकास समितिको आयोजना माघ ९ गतेदेखि शुरू भएको उद्घाटन खेलमा दनपा १० बाराकोटलाई ५१ रनले स्तब्ध पार्दै दनपा २ देहिमाडौं विजयी भएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

निङलाशैनी खेल मैदान,देहिमाडौंमा माघ १५ गते फाइनल गर्ने तयारी रहेकोमा वर्षाका कारण दुई दिन धकेलिएको छ । नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र,द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए ।

यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई १५/१५ सय, अनुशासीत टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाण पत्र दिइने जनाइएको छ । प्रतियोगिताको समापको दिन दशरथचन्द नगरपालिकाभित्र रहेका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिने जनाएको छ ।

यस्तै यस प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा खाजा खर्च स्वरुप जनही १५० का दरले खेलाडीलाई नगद दिने गरिएको छ । यसअघि नगरपालिकाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरेको थियो। खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलाहरुको क्रिकेट खेलतर्फ रुची बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाईले बताए । निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्दको भनाइ छ ।

Loading...