धनगढी उपमहानगर १३ का लाभग्राहीहरुलाई बिपद ब्यवस्थापन सम्बन्धि अभिमुखीकरण

धनगढी– धनगढी उपमहानगरपालीका १३ मा लाभग्राहीहरुका लागी बिपद ब्यवस्थापन सम्बन्धि अभिमुखीकरण तथा तालिम दिइएको छ । नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाद्धारा सञ्चालित उत्थानशील जिविकोपार्जन कार्यक्रम अन्तरगत धनगढी १३ का लाभग्राहीहरुलाई बिपद ब्यवस्थापन सम्बन्धि अभिमुखीकरण तालिम दिइएको हो ।

कार्यक्रममा लाभग्राहीहरुलाई बिपद ब्यवस्थापन सम्बन्धि अभिमुखीकरणमा विपदजन्य घटनाको पुर्व तयारी तथा सुरक्षा कसरी अपनाउने र विपदपछिको अवस्था कसरी सुधारोउन्मुख बनाएर जिविकोपार्जन गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिइएको थियो। कार्यक्रममा ४६ जना लाभग्राहीहरुको सहभागिता रहेको थियो ।

Navadurga sun

त्यस्तै बिपद ब्यवस्थापन सम्बन्धि प्रतिकार्य अभ्यास समेत गराइएको बिकास नेपालीले जानकारी दिएका छन् । बिपद ब्यवस्थापन सम्बन्धि अभिमुखीकरण तालिममा नरेन्द्र जोशी, कमल राज जोशी र बिराज पोखरेलले प्रशिक्षण दिएका थिए ।

उक्त उत्थानशील जिविकोपार्जन कार्यक्रमले विगतका वाढी लगायत विपदका घटनाहरुले समुदायमा निकै जनधनको क्षति गरेको र आगामी दिनमा यस किसिमको क्षति नपुगोस भन्ने उद्देश्यका साथ सञ्चालित अभिमुखीकरण तथा तालिमले निकै फाइदा पुगेको सहभागिको भनाई छ ।

उनीहरुले उत्थानशीलताबारे ज्ञान भएको बताउँदै सामुहिक प्रयासबाट विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनका प्रणालीको निर्माण गरि समुदायको सामाजिक, पारिस्थितीकिय तथा आर्थिक सम्वृद्धिमा सहयोग पुग्ने बिश्वास लिएका छन् ।

ADD Khali jpg
Loading...