लौठसल्ला संरक्षणको पहल

बैतडी- जथाभाबी सडक निर्माणले वन फँडानी हुँदा औषधीय गुणयुक्त लौठसल्ला संरक्षणमा चुनौती थपिएको छ। सङ्कटमा परेको लौठसल्ला संरक्षणका लागि बैतडीमा पहल थालिएको छ। वनस्पति अनुसन्धान केन्द्र कैलाली, डिभिजन वन कार्यालय बैतडी र स्थानीय सामुदायिक वन उपभोक्ता समूहको पहलमा संरक्षण थालिएको हो। लौठसल्लामा ‘ट्याक्सोल’ भन्ने रासायनिक तत्व पाइने र त्यसले क्यान्सर रोग निको पार्न मद्दत गर्ने भएकाले संरक्षण गर्न उपभोक्तालाई जागरुक बनाइएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए ।

Ganyapdhura gau
Dadeldhura hospital

उनका अनुसार क्यान्सर रोग निको पार्ने ‘ट्याक्सोल’ नामको रासायनिक तत्व एकदमै महँगो हुने गर्छ। यो रासायन लौठसल्लाको पात, बोक्रा र जरा प्रशोधन गरी निकालिन्छ। ‘ट्याक्सोल’ क्यान्सरजस्तो प्राणघातक रोग नियन्त्रण र उपचारमा प्रयोग गरिन्छ। लौठसल्लाबाट पाठेघर, फोक्सो, स्तन, टाउको, प्रोस्टेट छाला र अन्न नलीको क्यान्सर निको पार्ने औषधि बन्ने गरेको वनस्पति अनुसन्धान केन्द्र कैलालीका बोटानिस्ट कृष्णबहादुर बुढाथोकीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

बैतडीको सिगास संरक्षित वन, ग्वाल्लेक संरक्षित वन, सुर्नया गाउँपालिकाका केही स्थानमा लौठसल्ला रहेको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ। यी वनमा लौठसल्ला मात्रै नभएर ६५ भन्दा बढी प्रकारका जडीबुटी रहेकाले वन जोगाउन सामुदायिक वन उपभोक्तालाई जागरुक गराइएको डिभिजन वन प्रमुख कँडेलले बताए ।

लौठसल्ला जोगाउन डिभिजन वन कार्यालय बैतडी र सुर्नया गाउँपालिका–८, को सहयोगमा वनस्पति अनुसन्धान केन्द्र कैलालीले उपभोक्तालाई सचेतना तालिम दिइएको उनले बताए । पछिल्लो समय डोजरले जथाभाबी सडक निर्माण गर्दा बैतडीमा पाइने लौठसल्ला मासिँदै जान थालेपछि यो प्रजाति सङ्कटमा परेको बताइन्छ। लौठसल्लाको महत्व थाहा नपाउँदा नागरिकले समेत यो वनस्पतिको संरक्षणमा ध्यान दिन नसकेको वनस्पति अनुसन्धान केन्द्र कैलालीले जानकारी दिएको छ।

 

Couple
Loading...