विकासको जिम्मा महिलालाई

बैतडी- विकास निर्माणमा अनियमितता भयो, योजनाका काम सुस्त भए भन्ने गुनासो धेरै सुनिन्छ। यस्ता गुनासा र समस्याको समाधान गर्न बैतडीको पाटन नगरपालिकाले नयाँ जुक्ति निकाल्यो र निर्णय ग¥यो– योजनाका अध्यक्ष सबै महिलालाई बनाउने। महिलालाई योजनाका जिम्मा दिएपछि समयमा काम हुन्छ र पारदर्शी हुन्छ भन्ने सबैको रायले नै अहिले योजनाको उपभोक्ता समिति अध्यक्षमा महिला चयन भएका छन्।

Ganyapdhura gau

पाटन नगरपालिकाले उपभोक्ता समिति गठन गर्दा महिलालाई प्रमुख पदमा प्राथमिकतामा राख्ने पहिलो कार्यपालिका बैठकबाट निर्णय गरेको थियो। सोही अनुरूप अहिले १ नम्बर वडामा निर्माण हुने सबै योजनाको उपभोक्ता समितिमा महिला अध्यक्ष चयन भएको नगरपालिकाले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

वडामा कार्यान्वयनको चरणमा रहेका २३ वटै योजनाको उपभोक्ता समितिको अध्यक्षमा महिला चयन गरिएको वडाध्यक्ष तर्क ठगुन्नाले बताए। विकास निर्माणका कामको महिलाले नै बढी उपयोग गर्ने गरेकाले उनीहरूलाई नै कामको जिम्मेवारीमा राखिएको तर्क उपप्रमुख कमलसिंह बोहराको छ। आफूले उपयोग गर्ने कामलाई उत्कृष्ट बनाउने सोचमा पनि महिलाहरू हुने भएकाले महिलाले गर्ने काम गुणस्तरीय हुनेमा विश्वस्त रहेको उनले बताए।

विकास निर्माणलगायत अन्य कार्यक्रमको बारेमा अनुभवसमेत हुने भएकाले महिलाहरूको क्षमता अभिवृद्धिमा समेत टेवा पुग्ने उपप्रमुख बोहराले बताए। योजनाको अध्यक्षमा चयन भएपछि उत्साहित भएको महिलाहरू बताउँछन्। ‘राम्रो काम गरेर देखाउने सोचमा छौं, यही हप्तादेखि कामको सुरुवात गर्दैछौं’ डैसीली–गेरडा सडक योजनाका अध्यक्ष भागरथी बोहराले भनिन्। वडा नं १ को जणमेला–सकार सडकखण्डको उपभोक्ता समितिको अध्यक्षको जिम्मेवारीमा रहेकी देवकी भट्टराई समितिको अध्यक्षमा बस्न पाउँदा झन् जिम्मेवारीबोध भएको बताउँछिन्।

‘यसअघि पनि उपभोक्ताको अध्यक्षमा बस्न खोजेकी थिएँ, तर मानेनन्, यस वर्ष नगरपालिकाले नै महिलालाई प्राथमिकतामा राख्ने भनेपछि, अध्यक्षमा दाबी राखे, आफ्नै ठाउँको कामको जिम्मेवारी पाए, राम्रो काम गर्छु, सबैको सहयोग चाहिन्छ’ भट्टराईले भनिन्। समितिका सबै पदाधिकारीहरूसँग आवश्यक समन्वय र सल्लाह लिएर काम गर्ने उनले बताइन्।

१० वडा रहेको पाटन नगरपालिकाका अन्य वडामा पनि उपभोक्ता समितिको अध्यक्षमा महिला चयन भएका छन्। वडा नं ८ का पाँच योजनाको अध्यक्षमा महिलाहरू रहेका छन्। वडा नं १० मा पनि ६ वटा योजनाको अध्यक्षमा महिला चयन गरिएका छन्। सबैजसो वडाहरूमा महिलाहरूलाई कुनै न कुनै योजनाको अध्यक्षमा चयन गरिएको नगरपालिकाले जनाएको छ। योजनाको जिम्मेवारीमा रहेका महिलाहरू उत्कृष्ट काम गर्ने गरेको वडा नं १० का वडाध्यक्ष धनबहादुर कँुवरले बताए। अन्नपूर्ण

Couple
Loading...