अत्तरियामा जारी महोत्सवमा माघ ७ गते गायक चक्र बम, रेश वि.सी. र नृत्यङ्गना लक्ष्मी सुनारको प्रस्तुती रहने

अत्तरिया- कैलालीको अत्तरियामा जारी महोत्सवमा माघ ७ गते गायक चक्र बम, रेश वि.सी. र नृत्यङ्गना लक्ष्मी सुनारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

पुस २७ गते बाट सुरु भइरहेको अत्तरिया उद्योग वाणीज्य संघ द्वारा आयोजित महोत्सव दिनप्रतिदिन दर्शकहरुले मनोरञ्जन गर्दै आएका छन् साथै महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति राख्दै आएका छन् । त्यस्तै शुक्रबार माघ ६ गते गायक टेक बोगटी, प्रताप दास, नृत्यङ्गना अन्जली चन्द ठकुरीको प्रस्तुती रहेको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यस्तै महोत्सवमा डेढ सय वटा स्टल रहेका छन । बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु महोत्सवमा रहेका छन् । महोत्सवको विशेष आकर्षणका रुपमा लामीतालमा डुङ्गाको व्यवस्था पनि गरिएको छ ।

महोत्सवमा विद्यार्थीहरुको लागि ५० र सर्वसाधारणका लागि ८० रुपैयाँ टिकट कायम गरिएको आयोजकले जनाएको छ । फरक क्षमता भएका व्यक्तिहरु, जेष्ठ नागरिक तथा एकल महिलाका लागि भने महोत्सव प्रवेश निःशुल्क गरिएको छ । महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०७२ सालदेखि हरेक वर्ष सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गरिँदै आएको छ ।

Loading...