मकर मेलामा गोदावरी नगरपालिकाद्वारा निःशुल्क बस व्यवस्थापन

अत्तरिया- माघ १ गते कैलालीको गोदावरी धाममा आयोजना हुन लागेको मकर मेलाका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ । गोदावरी नगरपालिकाले मकर मेलामा जाने श्रद्धालु भक्तजनहरूको सहजताका लागि निःशुल्क बसको व्यवस्था गरेको हो ।

नगरप्रमुख वीरेन्द्र भट्टले धार्मिक आस्था राख्ने भक्तजनहरूलाई सहज होस भन्ने अपेक्षाका निःशुल्क रूपमा बसको व्यवस्था गरिएको बताए । उनले मकर मेलाको दिन गोदावरीमा जाने मानिसको घुइँचो हुने भएकाले नगरपालिका ले एक दिनका लागि ३ वटा बसहरू को व्यवस्था गरेको बताए ।

Navadurga sun

मकर मेलाको दिन गोदावरी जाने धर्मावलम्बिहरुका लागि हामीले निःशुल्क रूपमा बसको व्यवस्था गरेका हौँ उनले भने त्यति मात्रै नभई भिडभाडको समयमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै हामीले हेल्थ डेस्क को पनि व्यवस्था गरेका छौ ।झ उनले चिसोका समयमा साँझ उतै बस्ने श्रद्धालु भक्तजनहरूका लागि आगो ताप्न दाउराको पनि व्यवस्था गरिने बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...