अत्तरिया उद्योग बाणिज्य संघले प्रदेश प्रमुख समक्ष ४ बुदे माग पेश

अत्तरिया- कैलालीको अतरियामा बुधबार देखि सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा प्रमुख अतिथि रहेका प्रदेश प्रमुख देव राज जोशी समक्ष अत्तरिया उद्योग बाणिज्य संघले ४ बुदे माग पेश गरेको छ ।

Dadeldhura hospital

जसमा गोदावरी नगरपालिका क्षेत्रभित्र अभाव रहेको प्रदर्शनी स्थल यथासक्य हाल महोत्सव संचालन भइरहेको स्थानलाई तोकिनु पर्ने, श्रीपुर औद्योगिक करिडोरको कार्य यथासिघ्र कार्यान्वयनमा ल्याउनु पर्ने, गोदावरी धाम तथा हाटखोली क्षेत्रलाई धार्मीक पर्यटकिय क्षेत्रका रुपमा घोषणा गरिनु पर्ने र अत्तरिया बजार क्षेत्रको भिमदत्त राजमार्गको पुर्व पट्टी रहेको जग्गा नेपाली सेनाको भोगाधिकारमा रहेको भएपनि उक्त जमिन बर्षौ देखि आफ्ना घर टहरा बनाई व्यापार व्यवसाय गर्दै आइका व्यापारीहरु रुवयमको हकहितमा हुने गरी कार्यान्वयन गराउन माग उल्लख गरिएका छन ।

Navadurga sun
Godawari sandesh

उक्त माग अत्तरिया उद्योग बाणिज्य संघका उपाध्यक्ष कमल कडायतले पढेर सुनाएपछि संघका अध्यक्ष अशोक देवकोटाले प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका थिए ।

Loading...