खुटिया काण्डमा भ्रष्टाचार गरेको प्रमाणित भए तुरुन्तै राजिनामा दिन्छु : नगर प्रमुख भट्ट

प्रतिपक्षले नगरपालिकालाई रचनात्मक सुझाब दिनुपर्नेमा समेत जोड : नगर प्रमुख भट्ट

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले खुटिया काण्डमा भ्रष्टाचार गरेको प्रमाणित भए तुरुन्तै राजिनामा दिने बताएका छन । आईतबार नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख भट्टले आफुलाई लगाईएको दोष निराधार रहेको र दोष प्रमाणित भए पदबाट राजिनामा दिने बताएका हुन ।

Ganyapdhura gau

नगरपालिकाले आईतवार गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले नदी जन्य पदार्थको राजस्व संकलनमा कुनै अनियमितता नभएको दाबी गरेका छन् । ‘विशुद्ध राजश्व बढी संकलन गर्ने आशाका साथ यो कुरा भएको हो, यसमा दुई मत छैन, तर प्रतिपक्षका साथीहरुले निराधार आरोप लगाउनुभएको छ’ उनले भने ‘जसले आज मिडियामा बोलेका छन, उनिहरुलाई ठोकेर भन्छु, यो काण्डमा एक रुपैयाको भ्रष्ट्राचार गरेको प्रमाण देखाउनुस म आजै मेयरबाट राजिनामा दिन्छु र अत्तरियाको चोकमा झुन्डिन्छु ।’ तर यस्ता अनादर कुरा कसैलाइ पनि नगरीदिन विनम्र अनुरोध गर्दछु ।’

Navadurga sun

मेयर भट्टले प्रतिपक्षले नगरपालिकालाई रचनात्मक सुझाब दिनुपर्नेमा समेत जोड दिए । नगरपालिकाले खुटिया नदीमा नदीजन्य पदार्थ उठाउँदा नगरपालिकाको बिल दिनुको साटो सेतो चिट दिने गरेको भन्दै नेकपा एमालेले बिरोध समेत गरेको थियो ।उनले नगरपालिकाले आफैले राजश्व संकलन गर्न नचाहेको बताउदै ६/७ चोटी टेण्डर खोल्दा पनि कोही नआएपछि बाध्यात्मक परिस्थितिमा काम गर्नुपरेको बताए ।

उनले त्यसका लागी कसरी राजश्व संकलन बढी हुन्छ भन्ने विषयमा व्यवहारीक पक्ष मिलाएको बताए । क्रसर उद्योगीहरु ठुला व्यवसायी भएको र उनिहरुले नदिजन्य पदार्थ नउठाउँदा राजश्व कम उठ्ने हुँदा व्यवहारीक पक्ष अपनाएको उनले बताए । उनले सामाजिक सञ्जालका कार्यकर्ता पालन पोषण गरेको भन्ने आरोप मित्थ्या भएको बताए ।

उनले नगरपालिकाका कर्मचारी आफैले राजश्व उठाईरहेको अवस्थामा कार्यकर्ताको पालन पोषण कसरी हुन्छ भन्दै प्रश्न गरे । उनले सेतो पानामा दिईएको टोकन पारदर्शिताकै लागी भएको बताए । ‘हिजोका दिनमा तिन ओटा खोलामा तिन ओटा कर्मचारी बसेर आफ्नो डायरीमा एक प्लस एक गरेर जोडेको पारदर्शि हुन्थ्यो की दुवैको टोकन एक आपसमा मिलाएको पारदर्शि भयो ?’ उनले प्रश्न गरे ‘अहिले क्रसर व्यवसायी र नगरपालिका दुवै तिरको हिसाब एकैतिर मिलाउन सकिने गरी पारदर्शी बनाएका छौ । यसलाई ठुलो ईस्यु बनाउनुपर्ने औचित्य छैन ।’

Dadhaldhura pur

उनले राजश्व बढी उठाउन व्यवहारीकता अपनाउनुपरेको र त्यसलाई पारदर्शी बनाउन त्यो टोकन राखिएको बताए । उनले त्यसको मिलान एक हप्ता भित्र नै मिलाईने गरिएको बताए।उनले कर्मचारीहरुले पनि उक्त कुरामा भ्रष्टाचार गरेको भेटिए तुरुन्तै कारबाही गर्ने बताए । उनले प्रतिपक्ष दलको सचेत गराउने काममा केही भुमिका रहने भएपनि गलत के भाको हो भन्ने बारेमा पनि बुझन् जरुरी रहेको बताए ।

त्यसैगरी नगरपालिकाका जिन्सी शाखा प्रमुख एवम् ठेली वितरण तथा राजश्व दाखिला समितिका संयोजक गणेश पनेरुले नगरपालिकाले सेतो पानामा छाप हानेर राजश्व हिनामिना गरेको भन्ने विवादमा सत्यता नरहेको बताए । उनले त्यसबारेमा छलफल हुँदा नगरपालिकाको राजश्व बढाउने बाहेक अरु कुनै पनि किसिमको आशय नरहेको बताए । उनले नगरप्रमुख प्रति लगाईएको आरोप पनि निराधार रहेको बताए । उनले भने ‘मेयरले राजश्व खान लाग्यो भन्ने आरोप मित्थ्या हो । यसको बारेमा मेयर सापलाई जानकारी नै थिएन ।

उहाँले निणर्य गरेर काठमाण्डौ जानुभएको हो । हामीसँग सबै कागजात पनि छन ।’ उनले क्रेसरहरुलाई दिईएको उद्यारो हप्तामा जम्मा हुने गरेको बताए । विवाद आएपछि भने नगरपालिकाले उद्यारो बन्द गरेको र त्यसविषयलाई लिएर ट्याक्टर व्यवसायीहरुले आन्दोलन गरेको उनले बताए ।

उनले आगामी दिनमा कसरी राजश्व उठाउने भन्ने विषयमा कार्यपालिकाले कार्यविधि बनाउने र त्यही अनुसार हुने बताए । उनका अनुसार नगरपालिका २० दिनको अवधीमा ६४ लाख ९८ हजार ४ सय ७० रुपैया राजश्व संकलन गरेको छ । जसमध्ये क्रसर उद्योगहरुबाट मात्रै नगरपालिकाले १४ लाख ६ हजार २ सय ५० रुपैया राजश्व संकलन गरेको छ ।

नगरपालिकाले ४ जना पत्रकारलाई पैसा दिएर आफ्नो पक्षमा समाचार लेख्न लगाएको भन्ने विषयमा पत्रकारहरुको जिज्ञासाको उत्तर दिदै पनेरुले उक्त कुरा सरासर गलत भएको बताए । उनले आफुहरुले गलत नगरेको र बिना गल्ती कसैलाई पैसा दिनुपर्ने कुरा नरहेको बताए । ‘हामीलाई थाहा छैन कसले पैसा दियो ।

हामीले कसैलाई एक रुपैया दिएका पनि छैनौ’ उनले भने ‘त्यो ईस्युमा पैसा दिने कारण पनि छैन, किनकी त्यसमा हामीले गल्ती गरेका पनि छैनौ । अर्कालाई पैसा दिएर पत्रकार सम्मेलन गर्नुपर्ने कारण नै छैन ।’

केही दिन अघि नेकपा एमालेका गोदावरी नगरकमिटि अध्यक्ष गोकणर् भट्टले नगरपालिकाले पत्रकारलाई पैसा दिएर आफ्नो पक्षमा समाचार लेख्न लगाएको आरोप लगाएका थिए । सोही विषयलाई लिएर पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले नगरपालिकालाई उक्त प्रश्न गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...