सेती नदीमा डुबेर डोटीका एक युवाको मृत्यु

डोटी- सेती नदीमा डुबेर डोटीका एक जनाको मृत्यु भएको छ। शनिवार दिपायल पिपल्ला पक्की पुल नजिकै नुहाउने क्रममा डुब्दा एक जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएका छ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी, प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पिपल्लाका जोगी बिकका ३२ वर्षीय छोरा तेज बिकको मृत्यु भएको हो।

Navadurga sun
Godawari sandesh

दिउँसो साढे ३ बजेतिर बिक नदीमा बगेर बेपत्ता भएको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक रुप सिंह थापाको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई बगेको स्थान देखि दुई सय मिटर तल बेहोस अवस्थामा फेला पारेको थियो।

बेहोस अवस्थामा फेला परेका बिकलाइ उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएको र डाक्टरले ४ बजेतिर मृत घोषणा गरेको सुचना अधिकारी भट्टले बताए।

Couple
Loading...