जिप्रका बैतडीमा ‘टाइम कार्ड’ लागू

बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीले ‘टाइम कार्ड’ लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी पन्थीका अनुसार सेवाग्राहीलाई एकघण्टाभित्रै सेवा प्रदान गर्नका लागि ‘टाइम कार्ड’ लागू गरिएको हो।

Ganyapdhura gau

सेवाग्राहीको उच्च चाप, न्यून जनशक्ती, कमजोर पुर्वाधार लगायतका अनेक चुनौतीहरुको बावजुत कार्यान्वयनमा ल्याउन खोजिएको उक्त परिक्षण हाललाई पूर्ण कागजातसहित सम्बन्धित शाखाले रुजु गरेको एक घण्टाभित्र नै सेवाग्राहीलाई सेवा दिन थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रमुख जिल्ला अधिकारी पन्थीले भने,’प्रशासन कार्यालयमा सेवा लिनका लागि पुगेका सेवाग्राहीलाई सम्पूर्ण कागजात पूरा गरेको एकघण्टाभित्रै सेवा दिइनेछ,सेवाग्राहीलाई टोकन उपलब्ध गराइने र सोही टोकनमा सेवा समय समेत उल्लेख गर्ने गरिएको छ।’ टाइम कार्ड लागू गर्न सेवाग्राहीले समेत केहि नियम पालना गर्नुपर्ने प्रशासन कार्यालयले छ। नागरिकता, राहादानी लगायतका जुन सेवा लिदा पनि प्रयाप्त र पूर्ण सक्कल कागजातसहित आउनु पर्नेछ।

सेवाग्राहीलाई कागजातप्रति द्धिबिधा भएको अवस्थामा कार्यालयका सूचना अधिकारी, तथा प्रमुख जिल्ला अधिकारीसमक्ष सम्पर्क गरि सुनिश्चित गर्नुपर्ने छ। कार्यालयमा पुगिसेकपछि कार्यालयको नागरिक सहायता कक्षमा पूर्ण कागजातको रुजु गराई टोकन लिएर मात्रै सम्बन्धित शाखामा प्रस्थान गर्नुपर्नेछ।

जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको सजिलोका लागि टाइम कार्ड लागू गरेको जनाएको छ। टाइम कार्ड प्रणालीले टाढाबाट सेवा लिनका लागि पुग्ने सेवाग्राहीका लागि निकै सजिलो भएको दोगडाकेदार ३ श्रीकोटका हेमराज गिरीले बताए। उनले भने,’यसअघि प्रशासनमा सेवा लिन जाँदा लाइन बस्नुपर्ने र निकै समय लाग्ने गरेको थियो। टाइम कार्ड लागू भएपछि सहज भएको छ।’

 

Couple
Loading...