पेलेको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं- विश्व फुटबल कालो मोती लेजेन्ड पेलेको आज अन्तिम संस्कार गरिँदैछ। उनलाई श्रद्धाञ्जलि दिन हजारौँ प्रशंसकको साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा पुगेका छन्। अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि हिजो सान्तोस क्लबको भिला बिलमिरो रंगशालामा लगिएको हो।

तीन पटक फिफा विश्वकप जितेका पेलेको गत बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो। आफ्ना प्रिय खेलाडीलाई अन्तिम पटक बिदाईमा हजारौँ समर्थक उपस्थित भएका छन्।

Navadurga sun

पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन पुगेका फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा एउटा रंगशालाको नाम पेले राख्न आफ्ना दुई सय एघार सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन्। उनले पेले शाश्वत भएको भन्दै फिफाले पनि पेले प्रति उच्च सम्मान गर्ने जानकारी दिए।

सन् १९४० मा ट्रेस काराकोएसमा जन्मिएका उनको वास्तविक नाम एडसन अरान्ते दो नासिमेन्तो हो। सन् १९५६ मा परिवारसहित सान्तोस बसाई सरेका थिए। उनले आफ्नो जीवनको अधिकांश समय सान्तोसमै बिताए।

नेइमार, भिनिसियस जुनियर, रियाल मड्रिड क्लब लगायतले पुष्पाञ्जली पठाएका थिए।
२४ घन्टाको श्रद्धाञ्जलि सभापछि पेलेको आज निजी समारोहमा अन्तिम संस्कार हुने । जहा राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाको उपस्थिति रहनेछ। एजेन्सी 

 

ADD Khali jpg
Loading...