लिम्पियाधुरा समेटिएको नक्सा ‘चुच्चे नक्सा’मै सीमित भयो : प्रदेश सभा सदस्य सोडारी

धनगढी– नवनिर्वाचित प्रदेश सभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घबहादुर सोडारीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको ‘चुच्चे नक्सा’ कार्यान्वयन हुन नसकेको बताएका छन्।

प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा निर्वाचित प्रदेश सभा सदस्यलाई बधाई दिने क्रममा सोडारीले दार्चुला जिल्लाको चुच्चे नक्सा चुच्चे मै सीमित भएको बताएका हुन्।

Navadurga sun

‘पहिले चुच्चे नक्सा नेपाल सरकारले सार्वजनिक गर्यो। तर, चलनचल्तीमा आएन। हामीले प्रदेश सभाको बैठकबाट नै बधाई दिएका थियौं र यो बधाई कार्यन्वयनमा आएन।

केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपालले ०७७ सालमा चुच्चे नक्सा जारी गरेको थियो। तर, त्यो खाली नक्सामै सीमित भइरहेको छ।

ADD Khali jpg
Loading...