बैतडीमा ब्याडमिन्टन प्रतियोगिता : थापाको जोडी पहिलो

बैतडी- बैतडीमा सम्पन्न खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि आनन्द थापा र कैलाश थापाको जोडीले जितेको छ। सदरमुकामस्थित जगन्नाथ ब्याडमिन्टन हलमा सम्पन्न खेलमा आनन्द र कैलाशको जोडीले राजबहादुर बोहरा र प्रकाश बिष्टको जोडीलाई २१–१२ र २१–१७ को सोझो सेटमा पराजित गरेको हो।

Ganyapdhura gau

पहिलो भएसँगै आनन्द र कैलाशको जोडीले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे भने दोस्रो भएको बोहरा र विष्टको जोडीले १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

दिनेश ठगुन्ना र चन्द्रसिंह डोबालको जोडी तेस्रो र अंकित जोशी र हरिश भण्डारीको टोलीले सान्त्वना स्थान प्राप्त गरेका छन् । तेस्रो हुनेले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे। सान्त्वना स्थान हासिल गर्ने जोडीले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो।

दशरथचन्द नगर खेलकुद विकास समितिको आयोजनामा पुस १५ को अवसरमा आयोजना गरिएको खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा बैतडी र दार्चुलाका गरि २४ जोडीको सहभागिता रहेको थियो।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने खेलाडीलाई दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ), प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दलगायतले पुरस्कार वितरण गरेका थिए। समापन समारोहमा नगरप्रमुख जोशीले खेलकुद क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको र बैतडीमा निकट भविष्यमा इन्डो–नेपाल ब्याडमिन्टन प्रतियोगिता हुने बताए।

Couple
Loading...