ब्रम्हाकुमारी विश्वविद्यालयले समाजका विकृती, विसंगतीहरुको उजागरमा महत्वपुर्ण भुमिका खेलेको छ : देवकोटा

अत्तरिया– सुदूरपश्चिम प्रदेशकी नवनिर्वाचित प्रदेश सभा सदस्य तुलसी देवकोटाले ब्रम्हाकुमारी विश्वविद्यालयले एकता र सद्भावको वातावरण सृजना गरेको बताईन । आइतबार अंग्रेजी नयाँ वर्ष २०२३ को सुरुवातको उपलक्ष्यमा अत्तरियामा रहेको ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

‘यो समयमा मानिस एकआपसमा विद्रोह गरिरहेको छ, जहाँतही हत्या हिंसाका घटनाहरु वृद्धि भैरहेका छन’ कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी उनले भनिन ‘ब्रम्हाकुमारी विश्वविद्यालयले मानिसहरुलाई यस्ता गतिविधिबाट टाढा राख्ने काम गरिरहेको छ, मानिसमा आध्यात्मीक ज्ञानको विकास गरिरहेको छ ।’ उनले महिलाद्धारा सञ्चालीत उक्त विद्यालयले समाजका विकृती, विसंगतीहरुको उजागरमा पनि महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताईन । उनले अंग्रेजी नयाँ वर्षले सबैमा सहयोग एवम् सद्भावको भावना जागृत गरोस भन्ने कामना व्यक्त गरिन ।

Navadurga sun

यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि अत्तरियामा रहेको पद्मा अस्पताल प्रा।ली का प्रबन्ध निर्देशक डाक्टर नरबहादुर मौनिले मानिसले सर्वप्रथम आफुमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । उनले मानिसले आफुमा परिवर्तन ल्याउन नसक्दा सुख र शान्तीका लागी भौतारिपर्ने अवस्था रहेको बताए ।

उनले सुख शान्तिका लागी जति हिडेपनि आफुमा परिर्वतन गर्न नसकेसम्म देश र समाजलाई परिवर्तन गर्ने कुरा कल्पना गर्न नसकिने बताए । उनले आफुमा भएका नकारात्मक विचारहरुलाई त्यागी सकारात्मक र आध्यात्मीक ज्ञानको बाटोमा हिड्न जरुरी रहेको र त्यसका लागी ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयले काम गरिरहेको बताए ।

कार्यक्रममा ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरियाकी सञ्चालीका ब्रम्हकुमारी रविनाले सबैसँग जमर्को गर्ने अवसरका रुपमा कार्यक्रम आयोजना गरिएको बताईन । उनले नेपालीहरुका लागी बैशाखमा नयाँ वर्ष भएपनि आपसी सद्भावना र सबैसँग आपसी मेलमिलाप कायम राख्नका लागी अंग्रेजी नयाँ वर्षको अवसरमा कार्यक्रम राखिएको बताईन ।

उनले ब्रम्हाकुमारी विश्वविद्यालयले विश्वका १५० राष्ट्रहरुमा सामाजिक सेवा र ईश्वरीय सेवा प्रदान गर्दै आईरहेको बताईन । उनले १९३७ सालमा स्थापना भएर नागरिकमा आध्यात्मीक सन्देश दिनुका साथै आध्यात्मीक चेतना जगाउने र विश्वबन्धुत्व भावना बोक्ने काम विद्यालयले गरिरहेको बताईन । कार्यक्रममा अंग्रेजी नयाँ वर्ष २०२३ को उपलक्ष्यमा केक समेत काटिएको थियो ।

 

ADD Khali jpg
Loading...