कैलालीका प्रमुख जिल्ला अधिकारी थापाले सीमास्तम्भको अनुगमन

धनगढी– कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सीमास्तम्भको अनुगमन गरेका छन् । प्रमुख जिल्ला अधिकारसहितको समूहले जिल्लाको भजनी, कालाकुण्डा र खक्रौलास्थित सीमास्तम्भको अनुगमन गरेका हुन् ।

नेपाल-भारत सीमा अन्तर्गत कैलालीमा पर्ने ११ वटा सीमास्तम्भ मर्मत गर्नुपर्ने छ । जसमध्ये चार वटा सीमास्तम्भ मर्मतको काम नेपालको भागमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार ७ वटा सीमास्तम्भ भारतले मर्मत गर्नेछ । नेपालले मर्मत गर्नुपर्ने सीमास्तम्भको अवस्था के-कस्तो छ भन्ने बारे बुझ्नका लागि अनुगमन गरिएको उनले बताए ।

Navadurga sun

जिल्लाको खक्रोला भन्सारमा राजश्व चुहावट नियन्त्रणको बैठक समेत भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । खक्रौला भन्सार कार्यालयका प्रमुख विमलकुमार शाह नै तस्करीमा लागेको आरोपपछि प्रमुख जिल्ला अधिकारी थापा खक्रौला पुगेका हुन् । तर शाख फरार रहेका प्रमुख जिल्ला अधिकारी थापाले बताए । उनीसँग फोन सम्पर्क समेत भएको छैन ।

प्रमुख जिल्ला अधिकारी थापाको समूहले हुलाकी राजमार्ग निर्माण गर्ने कार्यमा भएका अवरोधहरु सल्टाउनका लागि पनि छलफल गरेको छ । हुलाकी राजमार्ग आयोजनाको कार्यालयले अवरोध रहेको गुनासो गरेपछि सो समस्या समाधानका लागि अनुगमनसहित छलफल गरिएको हो ।

जिल्लाको घोडाघोडी नगरपालिकाका मृतक जीतबहादुर डङ्गौराका परिवारलाई राहत स्वरुप दुई लाख रुपियाँ पनि वितरण गरेको छ । आगलागीबाट डङ्गौराको मृत्यु भए पनि उनका परिवार राहत पाउनबाट छुटेका थिए । छुटेको परिवारलाई राहत रकम दिइएको छ । मृतककी श्रीमती चरनदेवी डङ्गौरा थारुलाई राहत रकम हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले बताएको छ ।

ADD Khali jpg
Loading...