कैलारीमा निर्माणाधिन १५ शैया अस्पतालको अनुगमन

धनगढी- कैलारी गाउँपालीकामा निर्माणाधिन १५ शैया अस्पतालको अनुगमन गरिएको छ । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं. ५ मा बन्दै गरेको १५ शैया अस्पतालको मंगलबार अनुगमन गरिएको जनाइएको छ ।

अस्पतालको निर्माण कार्यको अवस्था बुझन् गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष दिपेन्द्रबहादुर बम लगायतको सहभागिता रहेको थियो ।

Navadurga sun

अस्पताल अनुगमन गर्दै गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले सम्झौता अनुसार समयमै निर्माण कार्य सक्न निर्देशन दिएका थिए । यस्तै गाउँपालिकाका प्रवक्ता बमले अस्पतालको निर्माण अवस्था बुझनका लागी अनुगमन गरिएको जानकारी दिएका छन्। उनले निर्माण कार्य तिब्र गतिमा भैरहेको बताए ।

कैलारी गाउँपालिकामा निर्माण बनिरहेको १५ शैयाको अस्पतालको लागी १८ करोड ५२ लाख ६३ हजार ८६९ रुयैयाँ निर्माण गर्नका लागी रोयल कन्स्ट्रक्सनसे सम्झौता भएको कैलारी गाउँपालिकाका इन्जिनियर भरत चन्दले बताएका छन् । निर्माण अवधि २ बर्ष रहको अस्पतालको काम तिव्र गतिमा अगाडी बढीरहेको उनले बताए । अस्पतालको निर्माण कार्य यही मंसिर १९ गतेबाट सुरु भएको कार्य २०८१ असार मसान्तसम्म सम्पन्न गरिसक्ने सम्झौता भएको जनाइएको छ ।

ADD Khali jpg
Loading...