छ वर्षदेखि निर्माणाधीन पुल अलपत्र

बैतडी- पाटन–पञ्चेश्वर सडक खण्डको गोइडाखोलामा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र छ। बैतडीको तल्लोस्वराड क्षेत्रका तीन स्थानीय तह सो पुलले जोड्नेछ। सडक डिभिजन कार्यालय पाटन, बैतडीले २०७४ सालदेखि ठेक्कामार्फत निर्माण गर्न लगाएको पुलको कुल बजेट दुई करोड ३८ लाख रुपियाँ रहेको छ।

Dadeldhura hospital

दुई वर्र्षभित्रै पुल निर्माण गरेर यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको भए पनि नहरकुलो भत्किने भन्दै स्थानीयवासीले मुआब्जा दाबी गरेपछि पुल निर्माणको काम रोकिएको कार्यालयको भनाइ छ। पाटन–पञ्चेश्वर सडकखण्डको गोइडाखोलामा पुल नहुँदा खोलाको अस्थायी बाटोबाट सवारी चल्दै आएका छन्। पानी परेका बेला यहाँ बाढीले यातायात अवरुद्ध हुने गरेको छ।

Navadurga sun
Godawari sandesh

बैतडीको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको मुख्य सडकका रूपमा रहेको पाटन–पञ्चेश्वर सडकको पुल निर्माणको काम अलपत्र परेपछि यात्रुले सास्ती भोग्दै आएका छन्। पाटन–पञ्चेश्वर सडक खण्डको महìवपूर्ण पुलका रूपमा रहेको गोइडाखोला पुल निर्माणको काम हालसम्म ५६ प्रतिशत पूरा भएको सडक डिभिजन कार्यालय, पाटन बैतडीका सूचना अधिकारी राहुलराज पाण्डेले बताए ।

उनले भने, ‘नहरकुलो भत्किने विवाद, कोरोना, निर्माण सामग्रीको मूल्यवृद्धिले पुल निर्माणको काम ढिलो भएको हो। फेरि ठेक्काको म्याद थपिएको छ। यो वर्ष त बन्छ भन्ने लागेको छ।’ पुल निर्माणको ठेक्का हुनुअघि पनि सो स्थानमा नहरकुलो भएको विषयमा सडक डिभिजन कार्यालयलाई थाहा भए पनि यो विषयमा उनले कुनै प्रतिक्रिया दिएन् ।

 

Loading...