
प्रकाशबहादुर बोहरा
अत्तरिया- कैलालीको धनगढीमा अपाद्वता भएका व्यक्तिहरुबा लागि ह्विलचियर बास्केटबल प्रतियोगता हुने भएको छ । सुदूरपश्चिम प्रदेश प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र कञ्चनपुरको आयोजना र समावेशी पारा एथलेटिक्स स्पोर्टस् क्लव धनगढी कैलालीको समन्वयमा “स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ उक्त प्रतियोगिता हुने भएको हो ।



उक्त बास्केटबल प्रतियोगिता यहि पुष ९ गते शनिबारका दिन बाल्मिकी इन्टरनेशनल स्कुल हसनपुर धनगढी, कैलालीमा आयोजना हुने जनाइएको छ ।




