साना किसान मालाखेतीको लकर तोडेर ५ लाख बढी चोरी

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको साना किसान कृषि सहकारीको लकर तोडेर ५ लाख बढीको चोरी भएको छ । झ्यालको ग्रिल निकालेर भित्र पसेको चोरले लकर टुटाएर ५ लाख ६८ हजार ६ सय ३ रुपैयाँ चोरेर लगेको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

सहकारीका मुख्य प्रबन्धक गोरख खत्रीले बिहीबार बिहान सहकारीमा सफाइ कर्मचारी आउँदा चोरी भएको थाहा पाएको बताए। उनले सहकारीमा सिसिटिभि क्यामेरा जडान गरेको भएपनि चोरले क्यामेराको डिभाइस नै चोरेर लगेको बताए ।

Navadurga sun

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासु देव भट्टले चोरले सहकारीको सिसिटिभि क्यामेरा चोरेर लगेकाले सडकमा जडान भएका अन्य क्यामेराको फुटेज चेक जाँच गरि रहेको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...