सुदूरपश्चिममा शपथको मिति सर्‍यो

धनगढी- यही पुस ११ गतेका लागि नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ गराउने मिति तय भएर आवश्यक तयारी गरेको प्रदेशसभा सचिवालायले उक्त दिन स्थगित गरेर पछाडि धकेलेको छ । प्रदेश प्रमुख देवराज जोशीको परामर्शमा ज्योतिषीसँग साइत जुराएर १५ गतेका लागि शपथ गराउने दिन तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

‘प्रदेश प्रमुखज्यूको परामर्शमा दुई जना ज्योतिषीहरुबाट साइत निकालेर यही १५ गते नवनिर्वाचित सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुलाई शपथ गराउने दिन तय भएको छ,’ प्रदेशसभा सचिवालयको एक अधिकृतले भने, ‘यसअघि हामीले यही ११ गते शपथ गराउने दिन निर्धारण गरेका थियौं ।’

Navadurga sun

अब १५ गते सुरुमा प्रदेश प्रमुख जोशीबाट नवनिर्वाचित प्रदेश सांसद मानबहादुर रावलले शपथ लिनेछन् । सोही दिन अन्य अन्य ५२ जना प्रदेश सांसदहरुलाई रावलले शपथ गराउने प्रदेशसभा सचिवालयले बताएको छ ।

 

 

ADD Khali jpg
Loading...