बैतडी शिक्षक मृत्यु प्रकरण : आन्दोलन गर्न संघर्ष समिति गठन

धनगढी- बैतडीका शिक्षक धनबहादुर विष्टको मृत्यु प्रकरणमा छानबिन नभएको भन्दै आन्दोलन गर्न संघर्ष समिति गठन भएको छ। बुधबार सो समितिले बिहानैदेखि जिल्लाका विभिन्न स्थानमा यातायात अवरूद्ध पारेको थियो। यातायातका साधन चल्न नसकेपछि प्रशासन र मृतकका आफन्तबीच छलफल भयो।

Ganyapdhura gau
Dadeldhura hospital

प्रहरीले घटनाबारे अनुसन्धान कहाँ कति भयो भन्नेबारे आफन्तलाई जानकारी गराएपछि यातायात पुनस् सञ्चालन गर्न सकारात्मक भएको प्रहरीले जनाएको छ। यातायात पुनस् सञ्चालन गर्न मौखिक सहमति भए पनि सडक पूर्ण रूपमा खुलेको छैन। सो घटनाको छानबिनको माग गर्दै बुधबार पाटन नगरपालिकाका विद्यालय बन्द गरिएका थिए।

Navadurga sun
Godawari sandesh

मंगलबारदेखि सिआइबीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। विष्ट मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न माग गर्दै पाटन नगरपालिकामा तालाबन्दी गरिएको छ। संघर्ष समितिले विष्ट मृत फेला परेको ५ दिन बित्दा पनि सत्यतथ्य पत्ता नलागेकाले नगरपालिकामा तालाबन्दी गरेको जनाएको छ।

समितिकी संयोजक लिला विष्टले स्थानीय सरकार घटनाप्रति जवाफदेही नहुँदा सरकारलाई दबाब दिन तालाबन्दी गरिएको बताए।
गत शनिबार पाटनमा विष्ट मृत फेला परेका थिए। बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले अनुसन्धानका लागि ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको बताए। उनको हत्या भएको आशंका गरिएको छ। सुर्नया गाउँपालिका–२ ग्वानी घर भएका शिक्षक विष्ट कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका थिए ।

 

Couple
Loading...