कैलालीको नेपाल-भारत सीमा क्षेत्रमा गोली चल्यो

धनगढी- कैलालीको धनगढीमा गोली चलेको छ । नेपाल-भारत सीमा क्षेत्रनजिक पर्ने धनगढी उपमहानगरपाकालि-९, बंग्रामा गएराति दुई राउण्ड गोली चलेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सीमा क्षेत्रमा राति गोली चलेको बताए । उनका अनुसार स्थानीय प्रजापति विष्टको घरमा राति चोरी गर्ने उद्देश्यले ३/४ जना अपरिचित व्यक्तिको समूह प्रवेश गरेको थियो ।

Ganyapdhura gau
Dadhaldhura pur

विष्टले थाहा पाएपछि घर बाहिर निस्किँदा हातपात गर्दा उनी घाइते भएका छन् । उक्त समूह विष्टको घरबाट गएपछि सीमा क्षेत्रमा दुई राउण्ड गोली चलेको बताउँदै डीएसपी जोशीले गोली चलाउने व्यक्तिको पहिचान नभएको बताए । गोलीका खोकाहरू फेला परेका छन् । विष्टमाथि भने गोली प्रहार नभएको प्रहरीको भनाइ छ । लछारपछार गर्ने क्रममा उनी घाइते भएको डीएसपी जोशीले बताए ।

Navadurga sun

डीएसपी जोशीका अनुसार सीमा क्षेत्रमा दुई राउण्ड गोली चलेको भए पनि गोली कसले चलाएको हो भन्ने खुलेको छैन । स्थानीयलाई तर्साउने उद्देश्यले चोरी गर्ने उद्देश्यले घरमा पसेको समूहले गोली चलाएको हुनसक्ने उनले बताए । यसबारेमा थप बुझ्ने काम भइरहेको उनले बताए ।

यस्तै, आइतबार मात्रै कैलालीको अत्तरियामा सुन व्यवसायीमाथि गोली प्रहार हुँदा एक जना घाइते भएका छन् । त्यो घटनामा पनि कसले गोली चलायो अझै थाहा भएको छैन । गोली प्रहार हुँदा घाइते विकास सुनारको धनगढीमै उपचार भइरहेको छ ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...