दलको नेतामा देउवाविरुद्ध गगनले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गराएका छन्। महामन्त्री थापाले मंगलबार दिउँसो सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय पुगेर दलको नेतामा उम्मेदवारी दर्ता गराएका हुन्।

उनलाई नेता डा.शेखर कोइरालाले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् भने उपसभापति धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गरेका छन्।

Navadurga sun

संसदीय दलको नेतामा महामन्त्री थापाले सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्नेछन्। कांग्रेसमा संसदीय दलको नेता चयनका लागि निर्वाचन भोलि बुधबार हुँदै छ।

ADD Khali jpg
Loading...