कैलालीको चुरे-५ मा जेष्ठ नागरिकलाई सम्मान स्वरुप कम्मल वितरण

अत्तरिया- कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ मा कम्मल वितरण गरिएको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत कम्मल वितरण गरेको हो । वडा नम्बर ५ ले १ सय ७ जना जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै कम्मल वितरण गरेको छ ।

वडा नम्बर ५ का वडाध्यक्ष विर बहादुर धामिको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य दुर्गा अर्खोली, मंगल धामी, भावना देबी खत्री लगायत स्थानियको उपस्थिी रहेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

कार्यक्रममा बोल्दै वडा अध्यक्ष धामीले वडामा रहेका जेष्ठ नागरिकहरुलाइ सम्मान गर्दै कम्मल बितरण गरिएको बताए । उनले जाडोको समय शुरु भएसंगै जेष्ठ नागरिकलाई वडाको सानो सहयोगले राहत पुगोस भन्ने उद्देश्यले कम्मल वितरण गरिएको बताए ।

वडा अध्यक्ष धामीले बृद्धभत्ताको लागि खानिडाँडाँमै सनराईज बैंकको शाखाको लागि पहल भईरहेको बताए । उनले बृद्धभत्ताको लागि सहजपुर पुग्नुपर्ने बाध्यताको अब छिट्टै अन्त्य हुने बताए ।

जेष्ठ नागरिक सम्मान तथा कम्मल वितरण कार्यक्रमको सञ्चालन वडा सचिव खगेन्द्र बोहराले गरेका थिए ।

Loading...