कैलालीको अत्तरियामा दि वर्क आउट जोन जिम क्लव सञ्चालनमा आयो

अत्तरिया- कैलालीको अत्तरियामा अत्याधुनिक जिम क्लब सञ्चालनमा आएको छ । ’द वर्क आउट जोन’ नामक क्लब को एक कार्यक्रमका बीच शनिबार प्रदेश सांसद प्रकाश बमले उद्धाटन गरेका हुन् ।

Navadurga sun

जिम क्लवको उद्घाटन गर्दै बमले नियमित जिम गरेमा रोगबाट मुक्ति पाइने बताए । उनले अत्तरिया क्षेत्रमा अत्याधुनिक सामग्री सहित जिम क्लव खुलेकोमा निकै खुसि लागेको बताए ।

अत्तरियाका दुई युवा भिम खडायत र जापान पाण्डेले क्लबलाई संचालन गरेका हुन । ५० लाख भन्दा बढीको लगानीमा क्लब संचालनमा आएको खडायतले बताए । टिन उमेर भन्दा माथीका ब्यक्तिहरुको लागि शारीरिक अभ्यास गर्ने सबै आधुनिक मेसिनहरु क्लबमा राखिएको छ ।

ADD Khali jpg
Loading...