परिलक्षित संस्थाले एक बर्ष भरिको समिक्षा बैठक सार्वजनिक गर्‍यो

अत्तरिया- कैलालीको गोदावरीमा परिलक्षित संस्थाले एक बर्ष भरिको समिक्षा बैठक सार्वजनिक गरेको छ । कैलालिको गोदावरी नगरपालिका वडा न १ को सभा हलमा भएको परिलक्षित संस्था अपांगता भएका व्यक्तीहरुका लागि शैक्षिक सहयोग परियोजना सल्लाहकार समिती सँग बैठक सम्पन्न गरेको हो ।

नगर उपप्रमुखले उक्त कार्यक्रममा बोल्दै यो सस्थाले हरेक अपागता भएका व्यक्तिहरुका लागि एकदमै राम्रो काम गरेको बताइन् । अपांग भएका मनिशहरु हेपिनु पर्ने थियो अब भने निधक्क भएर अगाडि आएर बोल्न सक्ने भएका छ्न अब आगामी दिनहरुमा गोदावरी नगरपालिकाका सम्पुणर् बिधालयहरु अपांग मैन्त्री बनाउनु पर्ने बताइन । उनले भनिन् ‘अपाग मैन्त्री भयो भने अपाग भएका बालबालिकाका लागि सहयोग पुन्छ म र मेरो नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइन्।’

Navadurga sun

परिलक्षित सस्था, गैर सरकारी, गैर राजनितक, गैर नाफा मुलक संस्था राष्ट्रिय संस्थको संस्था हो । यो २०५८ सालमा स्थापना भएको संस्था हो । यस सस्थाले अपांगता भएका दलित महिला जनजाती तथा सिमान्तकृत व्यक्तिहरुका लागि शैक्षिक सहयोग कार्यक्रम र जिबिकोपार्जन कार्यक्रम सन्चालन गर्दै आएको छ ।

उक्त संस्थाले प्रत्येक बर्षमा १ शौचालय विभिन्न नगरपालिकामा बनाउदै आएको छ । यस संस्थाले धनगढी उप-माहानगपालिका गोदावरी नगरपालिका र गौरीगंगामा कैलाली जिल्लाका तीन नगरपालिकामा काम गर्दै आएको छ अपांग भएका बालबालिका र अपांग भएका व्यक्तिहरुको उचित व्यस्था गर्दै आएको छ ।

अपांगता भएका बाबबालिकाको गुस्णस्तरिय शिक्षा प्राप्तमा पँहुच बढाउने अपांगता भएका व्यक्तिहरुको सामाजिक तथा आर्थिक स्थीतिमा सुधारका लागि सहयोग गर्ने लगायतका अपांग भएका व्यक्तिहरू संरक्षणका लागि जनचेतना मुलक कार्यक्रम गर्दै आई रहेको छ ।

ADD Khali jpg
Loading...