अर्जेन्टिना पुग्यो विश्वकप फुटबलको फाइनलमा, क्रोएसिया ३ गोलले स्तब्ध

काठमाडौ- क्रोएसियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा पुगेको छ । कतारको लुसेल स्टेडियममा भएको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३/० गोलले हराएर फाइनल यात्रा पक्का गरेको हो । उसका लागि जुलियन अल्भारेजले २ र लियोनल मेस्सीले एक गोल गरे ।

Ganyapdhura gau
Dadeldhura hospital

खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । यस्तै, ३९ औं मिनेटमा जुलियन अल्भारेज गोल गरेपछि पहिलो हाफमाा अर्जेन्टिना २ गोलले अघि रह्यो । ६९ मिनेटमा अल्भारेजले नै गोल गरेर अर्जेन्टिनालाई ३/० को अवस्थामाा पुर्‍याए ।

Navadurga sun
Godawari sandesh

अर्जेन्टिनाले अब उपाधिको लागि फ्रान्स र मोरक्कोको विजेतासँग खेल्नेछ । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको छ । तीन पटक उपविजेता बनेको छ ।

 

 

Couple
Loading...