सेती नदीमा पानीको बहाब बढेपछि पुल जोखिममा

बझाङ, ७ जेठ- सदरमुकाम चैनपुरको सेती नदीमा बनेको मोटर गुड्ने क्रस पुल छेउको पर्खाल भासिएको छ । पर्खाल भासिएसँगै क्रस मोटर पुल जोखिममा रहेको छ । बुधबार रातिदेखि परेको अबिरल वर्षाका कारण सेती नदीमा पानीको बहाब बढेको र नदीले कटान शुरु गर्दा पर्खाल भासिएको हो । नदीमा पानीको बहाब बढेसँगै खोला छेउमा रहेको ग्याबिन जाली भासिएको र त्यसको असर पर्खालमा पनि परेको स्थानीय सडक पुर्वाधार विकास कार्यक्रमका प्राविधिक हरिशंकर जोशीले बताए । उक्त पानीको बहाबले ग्याबिन जाली गएपछि सो पर्खाल भासिएको उनले बताए ।

Dadeldhura hospital

झण्डै ८ करोड लागतमा ७० मिटर लम्बाईको पानकोट पुल निर्माणको जिम्मा इलाइट कन्ट्रक्सनले पाएको थियो । निर्माण कम्पनीले २०७५ चैत्रमा सम्झौता गरी २०७७ वैशाखमा निर्माण कार्य सम्पन्न गरिसक्ने सम्झौता गरेको भएतापनि विभिन्न बहाना गरी पुल २०७८ वैशाखमा निर्माण सम्पन्न गरेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

पुलको काम निर्माण कम्पनी इलाइट कन्ट्रक्सनले पाएको भएपनि ग्याविन जाली हाल्ने काम उपभोक्ता समितिले बनाएको थियो । पर्खाल भासिएपछि गाडी सञ्चालनमा ल्याउन सकस भएको यातायात व्यवसायी कैलाश खडकाले बताए । सो पुलको निर्माण कार्य गत वैशाखमा निर्माण सम्पन्न भएको थियो ।

Loading...