विश्वकप फुटबल : नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी- अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति लुसाइल स्टेडियममा भएको दोस्रो क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा समेत २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

रोमाञ्चक खेलमा अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको थियो। खेलको ३५ औँ मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। खेलको ७३ औँ मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता बनाए। खेलको ८३ औँ मिनेटमा सब्सिच्युड खेलाडीको रूपमा मैदान प्रवेश गरेका वोउट वेघोर्स्टले गोल गर्दै नेदरल्याण्ड्सलाई २–१ मा ल्याए। खेलको इन्जुरी समयमा बेघोर्स्टले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकियो।

Navadurga sun
Godawari sandesh

त्यसपछि खेल पेनाल्टीमा गएको थियो। अर्जेन्टिनाका लियोनल मेस्सी, गोन्जालो मोन्टिल, लिन्ड्रो पारेडेस र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे। अर्जेन्टिनाका एन्जो फर्नान्डेज पेनाल्टीमा चुके। पेनाल्टीमा नेदरल्याण्ड्सका बोउट वेघोर्स्ट, लुक डी योङ र टुन कुपमाइनर्सले गोल गरे। भिर्गिल भान डाइक र स्टिभन बेर्घुइसले भने गोल गर्न सकेनन्। अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ। यसअघि ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम चारमा पुगिसकेको छ।

Couple
Loading...