बैतडीकाे पञ्चेश्वर गाउँपालिका अध्यक्षलाई पार्टीबाट निष्काशन गर्न एमालेको सिफारिस

धनगढी- बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न नेकपा एमाले बैतडी जिल्ला कमिटीले सिफारिस गरेको छ। मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला कमिटीको बुधबार बसेको बैठकले पार्टीबाट निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको हो।

Ganyapdhura gau
Dadeldhura hospital

प्रदेश सभा सदस्य तथा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न प्रदेश कमिटीलाई सिफारिस गरिएको जानकारी दिए। एमालेका प्रदेश कमिटी सचिवालय सदस्य रहेका चन्दलाई पालिका अध्यक्षबाट समेत पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्न प्रदेश कमिटीलाई आग्रह गरिएको पालले बताए।

Navadurga sun
Godawari sandesh

चन्द गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा एमालेका प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी र प्रदेश सभा १ मा जिल्ला अध्यक्ष विजयी भएका थिए। तर उनको क्षेत्रमा पर्ने प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार लिलाधर भट्ट भने झिनो मतान्तरले पराजित भए।

भट्ट पराजित हुनुमा चन्दको असहयोग प्रमुख कारण रहेको एमालेको जिल्ला कमिटीले निष्कर्ष निकालेको छ। पञ्चेश्वर गाउँ कमिटीको निर्णय र अन्य विभिन्न प्रमाणको आधारमा निर्वाचनमा एमाले उम्मेदवारलाई असहयोग गरेको सूचना आएपछि प्रदेश कमिटीलाई सिफारिस गरिएको जनाइएको छ।

Couple
Loading...