युएसएआईडीद्वारा गोदावरी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

Dadeldhura hospital

अत्तरिया, ६ जेठ- युएसएआईडी तयार नेपाल परियोजनाले कैलालीको गोदावरी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना महामारीमा आवश्यक पर्ने आकस्मिक प्रतिकार्य युएसएआईडीले सहयोग सामग्री नगरपालिकालाई बुझाएको छ ।

सहयोग सामग्री अन्तरगत अस्पताल बेड (डसना, सिरानी, सिरानीको खोल, पातलो बलान्केट र तन्ना) २० सेट, हेन्ड सेनिटाईजर (१००० एमएल) २० थान, सुरक्षित पंजा १० डब्बा, सर्जिकल फेसमास्क ३ सय ६० डब्बा, पर्सनल प्रोजेटेक्टिभ ईक्युपमेन्ट (पिपिई, गाउन, हुट, बुट, क्याप र भाईजर) ५० सेट र थर्मल गन २० सेट सहयोग गरेको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

Loading...